नेपाली ट्यांकर व्यवसायी तथा चालकले इन्धन ढुवानी रोकेपछि राजधानीमा पेट्रोलको अभाव

 

काठमाडौ,२१ जेठ — भारतीय प्रहरीले चालक कुटपिट गरेको विरोधमा नेपाली ट्यांकर व्यवसायी तथा चालकले इन्धन ढुवानी रोकेपछि काठमाडौंमा पेट्रोल अभाव देखिएको छ । राजधानीका अधिकांश पेट्रोलपम्प बन्द छन् भने खुलेका पम्पहरुमा उपभोक्ताको लामो लाइन छ ।

आइतवारदेखि वीरगञ्जबाट इन्धन ढुवानी गर्ने ट्याङ्कर चालकहरूले सुरक्षाको माग गर्दै आइतवारदेखि इन्धन रोकेपछि पेट्रोल अभाव भएको हो ।