दोस्रो चरणको विद्यार्थी भर्ना अभियान सुरू

काठमाडौ,२१ जेठ— दोस्रो चरणको बिद्यार्थी भर्ना अभियान सुरु भएको छ । पहिलो चरणको भर्ना अभियानमा छुटेका विद्यार्थीहरूका लागि दोस्रो चरणको भर्ना अभियान सुरू भएको हो ।
विज्ञान, शिक्षा तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा दोस्रो चरणको विद्यार्थी भर्ना अभियान सुरू भएको बारे जानकारी गराएका हुन् ।
कक्षा १ देखि ५ सम्म ११ हजार ९५१, कक्षा ६ देखि १२ सम्म ५९ हजार ७३३ बालबालिका भर्ना हुन बाँकी छन्, उनीहरुलाई विद्यालयमा ल्याउन दोस्रो चरणको भर्ना अभियान सुरू गरिएको हो ।