गृह र वन मन्त्री सडकमै सार्वजनिक सवारी साधन चेक जांच गर्न पुगे

काठमाडौं, २० जेठ—सार्वजनिक सवारी साधनको चेक जांचमा यतिबेला मन्त्रीहरु आफै खटिएका छन् । मुखमा माक्स र शरिरमा सुरक्षित गाउन लगाएर गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले सार्वजनिक सवारी साधन चेक जांच गरेका हुन् ।
आइतबार बिहानै राजधानीको थापाथलीमा यस्तो दृश्य देखिन्थ्यो ।

विश्व वातावरण दिवसको अवसर पार्दै मन्त्रीहरुले वातावरण सुरक्षा प्रति आफ्नो सचेतना फैल्याएका हुन् । उनीहरु सडकमै पुगेर प्रदुषण जांच गरेका थिए । जहा सवारी साधनमा सबै भन्दा बढि ध्यान दिएका थिए ।
साभारः इकान्तिपुर डट कम