सोसल मिडिया प्रयोग गरे वापत कर तिर्नु पर्ने कानुन

ऐजेन्सी—फेशबुक तथा सोसल मिडियाको प्रयोग गर्ने नागरिकमाथि कर लाग्ने भएकोछ । युगाण्डाको संसदले यसतो कानुन स्विकृत गरेको हो । फेशबुक, ह्वाटसप, भाइबर र ट्विटर लगायत सोसल प्लेटर्फम प्रयोग गर्नेहरुले प्रत्येक दिन करिब ५ रुपैया जतिको रकम कर तिर्नु पर्ने कानुनी व्यवस्था आएकोछ ।
उक्त कानुनको सर्मथन गर्दै राष्ट्रपति योवेरी मुसेवनीले सोसल मिडिया व्यवस्थत गराउन यस्तो कानुन प्रभावकारी रहने बताएका छन् । आगामी जुलाई १ देखि यो कानुन लागु हुने छ ।