आज सात वटै प्रदेशका मामिला तथा कानुन मन्त्रीको भेला

काठमाडौं, २० जेठ—हेटौंडामा सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरुको अन्तक्रियात्मक कार्यक्रम हुदैछ । सबै प्रदेशका काममा एक रुपता ल्याउन र सहयकार्य गर्न प्रदेश ३ ले कार्यक्रम आयोजना गरेको हो ।
यस कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री डोरणी पौडेल लगायत १ प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की, २ प्रदेशका ज्ञानेन्द्र यादव, ३ प्रदेशका शालिकराम जमरकट्टा र ४ प्रदेशका हरिबादुर चुमानले सहभागीता जनाएका छन् । यसै गरि कणार्ली प्रदेशका मन्त्री र प्रदेश सातका मन्त्री समेत अन्र्तक्रियामा सहभागी छन् । काममा सहजता ल्याउन मन्त्रीहरुको अन्र्तक्रियाले सघाउ पुग्नेछ ।