डीएसपीलाई एसपीमा बढुवा गर्न २८ जनाको सिफारिस

 

काठमाडौं, २० जेठ—डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस २८ जना छनोटमा परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार शनिबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।
पहिलो नम्बरमा अच्युतम प्रसाद पुडासैनि परेका छन् । त्यस लगत्तै प्रताप कुमार गुरुङ र विश्व अधिकारी क्रमशः नम्बरमा सिफारिस भएका हुन् । सानुरा भट्टराई चौथो स्थाना छन्भने ओम प्रसाद अधिकारी बढुवाको पांचौ स्थानमा सिफारिस भएका छन् । साथै शनिबार नै ५५ इन्सपेक्रलाई डिएसपीमा बढुवा गर्न समेत सिफारिस गरिएको छ ।