भोलि मदन भण्डारी स्मृति दिवसको दिन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता मिति घोषणा हुने

जेठ २, काठमाडौं – नेकपा एमाले र माओवादी केन्द्रबीच  पार्टी एकता गर्न सहमत भएका छन् ।

बुधबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच वार्ता भएपछि एकता सहमति जुटेको हो । सम्भवत भोलि नै एकता घोषणा हुनेछ ।

भोलि मदन भण्डारी स्मृति दिवस हो । भण्डारी स्मृतिको एमालेले गर्ने कार्यक्रममा माओवादी शीर्ष नेताहरुलाई बोलाइएको छ । कार्यक्रमपछि अपराहृन पत्रकार सम्मेलन गरेर पार्टी एकता भएको घोषणा हुन सक्ने माओवादी उच्च स्रोतले बतायो ।