पेट्रोलियम पदार्थमा फेरी बढ्यो मुल्य,पेट्रोल ११० तथा मट्टितेल र डिजेल ९२ प्रतिलिटर

जेठ ३, काठमाडौं – नेपाल आयल निगमले इन्धनको मुल्य वढाएको छ । निगम संचालक समितिको आज साँझ बसेको बैठकले पेट्रोल, डिजेल, र मट्टितेलमामा दुई /दुई रुपैयाँ बढाउने निर्णय गरेको हो । अब पेट्रोल ११० तथा मट्टितेल र डिजेलको समान ९२ रुपयाँ प्रतिलिटर पर्नेछ ।

निगमले विगत एक महिनामा दुई पटक मुल्यबृद्धी गरिसकेको छ भने वर्तमान सरकार गठन भएपछि यो पाँचौंपटकको मुल्यवृद्धि हो । अन्तराष्टिय बजारमा कच्चा तेलको मुल्य नबढेपनि निगमले भने मुल्य बढाएको छ । वढेको मुल्य आजै राती देखि लागू हुने निगमले जनाएको छ ।