‘एमालेले नियतवस सांसदलाई निलम्बन गर्ने गरी फौजदारी कसुर सम्बन्धी विधेयक अगाडि बढाएको कांग्रेसको आरोप

जेठ २, काठमाडौं -फौजदारी कसुरको विषयलाई लिएर पेचिलो बनेको प्रतिनिधिसभा नियमावली संसदबाट पारित गर्ने प्रकृया प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको चेतावनीका कारण अवरुद्ध भएको छ।

प्रतिनिधिसभा नियमावलीमाथि परेको संशोधनमा मतदान गर्नेगरी आज संसदमा प्रस्तुत हुन लागेको थियो। कांग्रेसको विरोधका कारण नियमावली संसदमा पेश नै भएन।

आजको कार्यव्यवस्था परामर्शमा प्रतिपक्षले आफ्नो रुप देखाउन नपरोस् भन्दै नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले नियमावली संशोधनको विषयमा कडा आपत्ति प्रकट गरेका थिए। ‘एमालेले नियतवस सांसदलाई निलम्बन गर्ने गरी अगाडि बढाएकाले विरोध गरिएको हो,’ विश्वकर्माले भने।