टर्कीले धागोमा भन्सार सुविधा रोक लगाउने संकेत

फागुन, ९ काठमाडौं—टर्किले नेपालबाट आयात गर्ने धागोमा भन्सार छुट सुविधामा रोक लगाउने संकेत गरेकोछ । भन्सार छुट सुविधा नभए धागोको निकासी प्रभावीत हुने खतरा बढेको अनुमान छ । नेपालबाट हुदै आएको ठुलो परिणामको निर्यातमाथि टर्किले ठुलो संका गरेको छ ।
टर्किले भन्सारमा छुट दिने कि न दिने विषयमा एक महिना देखि अध्ययन गर्दै आएकोछ । केहि सरकारी अधिकारीले भने टर्कीले भन्सार सुविधामा रोक लगाइसकेको दावी समेत गरेका छन् । टर्की नेपालको धागो निकासाको प्रमुख मुलुक मध्ये एक मानिन्छ । वाणिज्य मन्त्रालयका अनुसार १० वर्ष यता टर्किमा १७ हजार मेट्रीक टन धागो निर्यात भएको उल्लेख छ ।