प्रहरी इन्काउन्टरमा मारिए गुन्डा नाइके मनोज पुन

 

फागुन ९ रुपन्देही—रुपन्देही देवदहका गुन्डा नाइके मनोज पुन प्रहरी इनकाउन्टरमा मारिएका छन् । उनी संगै १ जना पनि मारिए । देवदह नगरपालिका ४ भवानीपुरमा विहान प्रहरीमाथी गोली चलाएपछि प्रहरीले इन्काउन्टर गरेको हो । पुनको सहयोगी भनिएका सोम आलेको पनि मृत्य भएको एसपी श्याम ज्ञवालीले बताएका छन् । इन्काउन्टरमै मरेका भने थिएनन् ।

घाइते दुवैलाई लुम्बिनी अञ्चल अस्पतालमा उपचार गराउन लैजाने क्रममा मृत्य भएको खुलेकोछ । विभिन्न अपराधीक गतिविधिमा संलग्न मनोजले गत वर्ष युवा संघ रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्या, फर्निचर व्यापारी बसन्त पौडेलको हत्याको जिम्मा लिएका थिए । उनले निर्माण व्यवसायि महासंघका अध्यक्ष शरद गौचनको समेत हत्यामा संलग्न रहेको अनुमान प्रहरीले गरेकोछ । र यसमा अनुसन्धान जारी राखेको थियो ।