अमेरिकी राष्ट्रपति ट्रम्प हात हतियार परिमार्जनमा सकारात्मक

फागुन, ९ एजेन्सी—अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला हात हतियार सम्बन्धी नीति परिमार्जनमा सकारात्मक देखिएका छन् । यस्तो चासो देखाउनुमा उनले पछिल्लो समय भइरहेको बन्दुक आतंकका घटनाको चौतर्फी आलोचना हो ।
बीबीसिको उल्लेख अनुसार ट्रम्पले अत्याधुनिक हतियार प्रयोगमा प्रतिबन्ध लगाउने नीतिमा हस्ताक्षर गर्ने भएका छन् । यसका लागि उनी ह्वाइट हाउसस्थित न्याय विभागसमक्ष कानुन निर्माण गर्न निर्देशन समेत दिएका छन् । र कानुन निर्माणमा ढिलाई नगर्न समेत निर्देश्न दिएका छन् ।