अम्बिकाको प्रणय दिवसको कोसेली ‘ओ मेरी भ्यालेन्टाइन’ बोलको नयाँ गीत सार्वजनिक

काठमाडौं – भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस प्रेमजोडीहरुका लागि निकै महत्वपूर्ण दिन हो । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएका हरुका लागि पनि प्रणय दिवसलाई निकै उत्तम साइतको रुपमा लिइन्छ । पश्चिमा देशहरुबाट सुरु भएको प्रणय दिवस मनाउने चलन अहिले हामीकहाँ पनि निकैँ झाँगिएको पाइन्छ । भ्यालेन्टाइन डे आफैमा एक रोमान्टिक दिन हो र यो प्रेममय दिन हो । यहि सप्ताह चलिरहेको बेला अम्बिका गुरुङले नेपाली युवा पिढीलाई टार्गेट गरेर ‘ओ मेरी भ्यालेन्टाइन’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ ।

गुरुङको शब्दमा रहेको उक्त गीतमा सनुप पौडेल र सुवेक्षा कोइरालाको आवाजमा रहेको छ भने संगीत प्रकाश लेप्चाले भरेका हुन ।
समन अधिकारीको निर्देशनमा बनाइएको भिडियोमा छायाङ्कन दीपेन्द्र,भुपेन्द्र र सरोजले गरेका हुन । भने सम्पादन सुप्रिम पराजुलीको रहेको छ । भिडियोमा नरेन र सुप्रियाको रोमान्स देख्न सकिनेछ ।

हेर्नुस भिडियो