प्रदेश ३ का मुख्यमन्त्री पौडेलले लिए शपथ

माघ २९,मकवानपुर – प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । उहाँले प्रदेश प्रमुख अनुराधा कोइरालासमक्ष शपथ लिनुभएको हो ।

उहाँले आजै सानो आकारको मन्त्रीपरिषद गठन गर्ने तयारी पनि गर्नुभएको छ । मन्त्री बन्नेहरुको नाम टुंगो लागिनसकेपनि आज सानो आकारको मन्त्रीमण्डल बन्ने सम्भावना पनि रहेको नेताहरुको भनाई छ ।

पौडेललाई हिजो प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।