प्रतिनिधि सभामा बाम गठबन्धनको दुई तिहाई लगभग सुनिश्चीत

मंसिर २५, काठमाडौं— प्रतिनिधि सभाका १ सय ६५ सिट मध्ये, १ सय ४३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भईसकेकोछ । जसमा सोमबार बिहान सम्मको नतिजाले बाम गठबन्धन प्रत्यक्षतर्फ दुई तिहाई नजिक पुगेको छ । मत गणना हुदा २२ मध्ये, १२ स्थानमा बाम गठबन्धन अगाडि रहेको छ । जसले दुई तिहाई सुनिश्चीत रहेको देखिन्छ । निर्वाचनको पछिल्लो परिणाम अनुसार नेकपा एमालेले हाल सम्म ७४ सिट विजयी भएको छ । प्रत्यक्ष तर्फ बाम पन्थीले दुई तिहाइ पुर्याउन १ सय १० सिट जित्नुपर्छ ।
जस मध्ये एमालेले ७ स्थानमा अग्रता लिएकोछ । सुनसरी मा भगवती चौधरी, संखुवासभामा राजेन्द्र गौतम, काभ्रेपलान्चोक २ मा गोकुल बास्कोटा, स्यांजा १ मा नारायण मरासिनी, स्यांजा २ मा पद्मा अर्याल, कैलाली २ मा झपट रावल र कन्चनपुर मा दिपक प्रकाश भट्टको अग्र स्थान रहेकोछ ।