डा. नारायण खड्काको ह्याट्रिक

काठमाडौं(इमेलखबर)—बाम गठबन्धन जीतको लहर चलेकोबेला केहि कांग्रेस नेताहरुले राम्रै सफलता हासिल गरेका छन् । प्रतिनिधिसभाका सदस्य जित्दै कांग्रेस नेता डा. नारायण खड्काले ह्याट्रिक गरेका छन् । २०५६ को चुनावमा पराजीत भएका खड्काले त्यसपछि भने २०६४ र २०७० को चुनावमा जीत हासिल गरेका थिए ।
बाम गठबन्धनका साझा उम्मेदवार एमालेकी मन्जुकुमारी चौधरीलाई प्रतिनिधि सभामा खड्काले ५ सय ४८ मतले हराएका हुन । चौधरीले ३२ हजार ५ सय ९४ मत ल्याएकी थिइन भने खड्काले ३३ हजार २ सय ४२ मत लिएर बिजय भएका हुन् । नेकपा मालेका उम्मेदवार रामप्रसाद चौलागाईले चाहि १२ सय ९५ मत लिएरु तेस्रो स्थानमा रहे ।