चुनावी परिणामबारे दुखी छु — बामदेव गौतम

 

काठमाडौं—

निर्वाचन परिणामलाई कसरी लिनुभएको छ ?

मैले यसलाई अनपेक्षित रूपमा लिएको छु । यो कसरी भयो भन्ने विषयमा पहिला सबै मूल्यांकन गरेर, तथ्य–प्रमाणहरू जुटाउनुपर्ला भन्ने लागेको छ ।

हराउन पार्टीबाटै षड्यन्त्र भएको छ भन्ने लागेर प्रमाण जुटाउन लाग्नुभएको हो ?

प्रशस्तै षड्यन्त्र भएको पाइएको छ । त्यसैले प्रमाण जुटाउनुपर्ने भएको छ ।

गठबन्धनले दुईतिहाइ ल्याउने संकेत देखिएका वेला तपाईंमाथि नै किन षड्यन्त्र ?
यो दुःखद छ । किन यस्तो परिणाम आयो ? मैले बुझ्नुपर्नेछ । सबै बुझेर मात्र म निष्कर्षमा पुग्नेछु ।

तपाईंको हारलाई पार्टीले कसरी लिन्छ, कसरी अघि बढ्नुहुन्छ ?

पार्टीले कसरी लिन्छ, त्यो अर्को कुरा हो । म पराजित भएको घटनाले पार्टी कसरी बढ्छ भन्ने कुरामा समस्या आउँदैन, तर व्यक्तिगत रूपमा कसरी बढ्ने भन्नेचाहिँ अहिलेसम्म केही सोचिसकेको छैन।

अब पार्टी एकता प्रक्रिया के होला भन्ने कतिपयको जिज्ञासाबारे के भन्नुहुन्छ ?

अनेक कुरा होलान् । मलाई हराउन जो–जो लागे, त्यसभित्र पनि विभिन्न कारण होलान् । म अहिल्यै सबै कुरा बोल्दिनँ ।

परिणामपछि केपी ओली र प्रचण्डले तपाईंलाई के भन्नुभयो ?

प्रचण्डले अनपेक्षित भयो भन्दै दुःख प्रकट गर्नुभएको छ । पार्टी अध्यक्षसँग चाहिँ सम्पर्क हुन पाएको छैन ।

साभार ः नयाँ प्रत्रिका