‘नाइलनको साडीलाइ एक करोड’

निकै आलोचना र चर्चामा रहेको फिल्म छक्का पन्जा २ को गीत “नाईलनको सारी” ले युटुबमा करोड भ्यु पाएको छ । जुलाई २० मा हाईलाईट्स नेपाल मार्फत युटुबमा सार्बजनिक सो गीतले ६९ दिनको छोटो अबधिमै १ करोड बढी भ्यु पाएको हो ।
सो गीतले ५५ हजार भन्दा बढी लाईक, ८ हजार बढी डिसलाईक पाएको छ । हाल नेपालमा युटुबमा सार्बजनिक करोड भ्यु र ट्रेन्डिङ भिडियोलाई निकै महत्त्वपूर्ण तवरले हेर्ने गरिएको छ ।
दीपाश्री निरौला निर्दे्शित छक्का पन्जा २ फिल्म यहि असोज ११ गतेबाट देशभर एकसाथ प्रदर्शन हुदैछ ।