कसले कति जिते ? हेरौं, बिहान सम्मको निवार्चन नतिजा

आश्वीन ५, काठमाडौं—स्थानीय तह निर्वाचन प्रदेश नम्बर २ मा मतगणना भइरहेकोछ । बिहान साढे ७ बजे सम्मको मतगणनाको परिणाम अनुसार ७ वटा स्थानीय तहको अन्तिम मत परिणाममा हेर्दा नेकपा एमाले अहिले सम्मको अग्र पंक्तिमा छ ।
एमालेले ४ स्थानीय तहमा विजय प्राप्त गरेकोछ भने कांग्रेस, माओवादी र लोकतान्त्रीक फोरमले दुई—दुई स्थानमा विजयी भएका छन् । संघीय समाजवादी फोरम र रापजाले चाहि अहिले सम्म एक—एक स्थानमा जित हासिल गरेको नतिजा प्राप्त भएको छ ।