एमाले अध्यक्ष ओली भन्छन्—‘कुसल चालक नहुदा देश गुडेन’

 

आश्वीन, ५ नवलपरासी —
कुसल चालक नभएपछि देश गुड्न नसकेको एमाले अध्यक्ष केपी ओलीले बताएका छन् । उनले सरकारलाई लक्षित गर्दै चालकले मन्त्री थप्ने र विदेशीसंग घुंडा टेक्ने मात्रै काममा ध्यान केन्द्रित गरेको आरोप लगाए । यसले मुलुकको स्वाधीनता धरापमा परेको ओलीको ठम्माईछ । गैंडाकोटमा बुधबार एमाले जिल्ला कार्यक्रयममा ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् । सरकारले मन्त्री थपेर आफ्नो सत्ता टिकाउने रणनीति खेलेको बताए ।

साथै ओली माओवादी खहरेखोला र कांग्रेस कुहिएको पात भन्दै साहित्यीक शब्दमा आलोचना गरेका थिए । सरकारले लोकतन्त्रको अनुभुति गराउन नसकेको सुनाए ।
भरतपुरका देवी ज्ञवाली र प्रहरी अधिकारी नवराज सिलवालमाथि सरकारले गरेको अन्याय अलोकतान्त्रीक रहेको ओलीले बताए । उनले एमाले पार्टीनै जनताको धारणा र लोकतन्त्रको मर्म बुझ्ने आधार रहेको दावी गरे । आगामी प्रदेश र प्रतिनिधिसभा चुनावमा कुशल मत लिएर अग्रस्थान हासिल गर्नेमा विश्वस्त रहेको दावी गरे ।