मोरङको हरकपुरमा घर आगो लाग्दा एकै घरका तीन जनाको मृत्यु

 

असोज ५, पथरी – मोरङको कानेपोखरी गाउँपालिका ३, हरकपुरको एक घरमा गएराति आगो लागेपछि सुतिरहेका घरका तीन जनाको ज्यान गएको छ।

किराना पसल भएको घरमा लागेको आगोले जलेर मृत्यु हुनेमा चन्द्रकुमार राई, विष्णुमायाँ राई, गंगामाया राई र पार्वता राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

आगलागीको कारण थाहा नभएको प्रहरीले जनाएको छ। इटहरी र दमकबाट गएको दमकलले आगो नियन्त्रणमा लिएको थियो। प्रहरीको प्रारम्भिक अनुमान अनुसार करिब १ करोडको क्षती भएको छ।