सप्तरीबाट एमालेले मेयर जितेर खाता खोल्यो

 

असोज ५,सप्तरी – नेकपा एमालेले पनि सप्तरीबाट प्रदेश नम्बर २ मा विजयी खाता खोलेको छ।

सप्तरी जिल्लाको सप्तकोशी नगरपालिकामा एमालेका उम्मेदवार उतम कुमार शर्मा विजयी भएका हुन् । उनले आफ्ना निकटम प्रतिस्पर्धी माओवादीका ध्रुव कार्कीलाई हराएका हुन्।

एमालेका शर्माको ४३ सय ६१ मत आउँदा माओवादीका कार्कीको ३६ सय ९० मत आएको निर्वाचन अधिकारी राजेन्द्र कुमार लम्सालले जानकारी दिए ।

लम्सालका अनुसार उपप्रमुखमा पनि एमालेकै उम्मेदवार विजयी भएका छन्। उपप्रमुखमा एमालेकी आशा चौधरी ४ हजार ४ सय ६२ मत सहित विजयी भएकी हुन् । उनकी निकटतम प्रतिस्पर्धी माओवादीकी राज कुमारी चौधरी ३ हजार ८ सय ८६ मत ल्याइन्।

योसँगै अग्रता हाँसिल गरेको संख्यामा कम भए पनि एमालेले नगरपालिकाबाटै आफ्नो विजय सुरूवात गरेको हो ।