खाना खाएपछि गर्न नहुने ६ कुरा

एजेन्सी—
खाना खाएपछि तुरुन्तै गर्न नहुने केहि कुरा छन् । जसले स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्छ ।
१. खाना खाएलगत्तै चिसो पानी पिउनु हुदैन । यसले शरिरको रगत सर्कुलेसनमा असहज बनाउछ । जसले स्वास्थ्यमा प्रतिकुल असर पर्छ । खाना खाएपछि भने चाहना अनुसार मन तातो पानी पिउन सकिन्छ । मन तातो पानी शरिरका लागि फाइदाजनक मानिन्छ ।

२. खाना खाईसकेपछि धुम्रपान नगर्नु
धुम्रपान जुनसुकै बेला नगर्नु नै राम्रो हो । तर, खास गरि खानपनि पछि भने झनै गर्नु हुदैन । खाना खाएपछि धुम्रपान गर्दा खाना पचाउन गाह्रो पर्छ । पाचन प्रणालीमा यसले निकै असर गर्छ । यदि खाना खाएपछि धुम्रपान गर्नु भयो भने दिभरिमा १० वटा चुरोट खाए बराबरको असर पर्छ ।
३. भोजन गरेपछि तुरुन्तै फुलफुल नखाऊ
धेरैको बानी हुन्छ । खाना खाएपछि फलफुल खाएर मुख मिठो बनाउने । फलफुल खाना खानुभन्दा अगाडि खाएको राम्रो मानिन्छ । पछाडि खादा पाचन प्रक्रिया समस्या सिर्जना हुन्छ । भोजनपछि फलफुल खादा पेटमा ग्यास बढ्छ ।

४. खानाखाएपछि चिया नपिउ
चियामा यस्तो अम्मल पर्दाथ हुन्छ जसले खानाबाट प्राप्त हुने प्रोटिनलाइे खतम गर्दिन्छ । धेरैको स्वाभाव खाना खाएपछि मिठो चिया खाने सौख राख्छन् । यदि यस्तो बानी छ भने स्वास्थ्यलाई ध्यानमा राखेर चिया नखानुस् ।

५. भोजन गरेपछि तुरुन्तै नसुत्नुस
भोजन गरेपछि तुन्तै सुत्नु हुदैन । हामी खाना खाएपछि मजाले सुतेर आराम लिने गर्छौ । त्यो स्वास्थ्यको हिसाबले गलत हो । खाना खाएलगत्तै सुत्दा पेटमा हेसिडिटी पैदा हुन्छ । १५ मिनेट सम्म हिड्डुल गरेपछि आराम गर्न सक्नुहुन्छ ।

६. भोजन गर्ने बित्तिकै नुहाउनु हुदैन
खानाए लगत्तै नुहाउनु हुदैन । यो स्वास्थ्यका नजरमा नराम्रो मानिन्छ । यतिबेला हाम्रो हात, खुट्टामा रगतको प्रभाव बढ्न थाल्छ । र पछाडीको भागमा रगतको प्रभाव कम हुदै जान्छ । यसले शरिरमा असन्तुलीत रक्तसंचार हुन्छ र स्वास्थ्यमा असर पुग्छ । खाना खाएको केहि घन्टा पछि मात्रै नुहाउनु उपयुक्त हुन्छ ।