थोत्रा सामानबाट फेशनेवल पहिरन

काठमाडौं—पुराना र थोत्रा सामान बटुलेर फेशन डिजाइनरले राजधानीमा आर्कषक पहिरन बनाएका छन् । दरबारमार्गस्थि गत साता गरिएको फेशन शोमा कागजको टुक्रा, सिडीका चक्का, अल्मुनिय फोयल, थोत्रा झोला बटुलेर फेशनवेल परिहन डिजाइन गरिएको थियो ।
अन्नपुर्ण होटलमा नेपाल इन्स्टिच्युट अफ फेसन, नीफले ‘भोयाज अफ क्रिएसन’ फेशन सो गरेको थियो । जसमा ३१ प्रतिस्पर्धी डिजाइनरका १६ कलेक्सन थिए ।

हरेकमा ६ वटा पहिरन र एउटा मास्टरपीस सहित ७ वटा र्सिजना मार्फत् सहभागि डिजाइनहरुले फेसन डिजाइनमा प्रतिस्पर्धा गरेका थिए । यसअन्र्तगत मन्दिरा श्रेष्ठ, बसन्त बुढा, सन्ध्या माझीको ग्रुप विनर बनेको थियो । डिजाइनर प्रमिन शाक्य, दुश्यनत रुम्दली राई, करिश्मा लामाको समुह फस्ट रनरअप भए । लक्ष्मी थापा मगर, अमृता थापा मगर चाहि सेकेन्ड रनरअप भए ।
रोजिन शाक्यले फेशन सोको कोरियोग्राफि गरेका थिए । जसमा सेलिब्रेटीहरु अभिनेत्री वर्षा सिवाकोटी, स्वस्तीका खड्का, नम्रता श्रेष्ठ, जेविका कार्की, पुर्व मिस नेपाल सुगरिका के.सी, मोडल पुजा श्रेष्ठ लगायत र्याम्पमा उत्रिएका थिए ।