कुन पार्टी कहाँ अगाडि ? यस्तो छ ताजा मत परिणाम

असोज ३, काठमाडौं — प्रदेश नम्बर दुईको स्थानीय चुनावको मतगणना जारी छ मधेसको हाल सम्मको चुुनाबी नतिजामा नेपाली कांग्रेसले अन्य दलहरुभन्दा धेरै अगाडि रहेको छ । अहिलेसम्मको जानकारी अनुसार नेपाली कांग्रेसले १५ स्थानमो अग्रता लिएको छ भने एमालेले १४ स्थानमा अग्रता लिएको छ ।
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले ११ स्थानमा अग्रता लिएको छ भने माओवादीले १० स्थानमा अग्रता लिइरहेको छ ।
राजपाले अहिलेसम्म ४ स्थानमा अग्रता लिइरहेको छ भने फोरम लोकतान्त्रिकले एक र स्वतन्त्रले एक स्थानमा अग्रता लिएका छन् ।
कांग्रेसकोे कहाँ अग्रता ?
नेपाली कांग्रेसले अग्रता लिएका स्थानीय तहहरुमा सर्लाहीका कौडेना, चक्रघट्टा र धनकौल गाउँपालिका छन् ।त्यसैगरी सर्लाहीको हरिपूर्वा नगरपालिकामा पनि कांग्रेसको अग्रता छ ।बाराको कलैया उपमहानगरका साथै निजगढ र महागढीमाई नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ ।सिम्रौनगढमा पनि फोरमलाई कांग्रेसले उछिनेर अग्रता लिएको खबर छ ।
रौतहटको परोहा र गढीमाई नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
ईश्वरनाथ नगरपालिकामा पनि कांग्रेस अगाडि छ ।
सप्तरीको बेल्ही चपेना गाउँपालिका र खड्ग नगरपालिकामा कांग्रेसको अग्रता छ ।
महोत्तरीको रामगोपालपुर नगरपालिकामा कांग्रेसका अग्रता छ ।
पर्साको कालिका गाउँपालिकामा कांग्रेस अगाडि छ ।
एमालेको अग्रता कहाँ ?
बाराको जितपुर सिमरा उपमहानगरपालिमा एमालेको अग्रता देखिएको छ ।
पर्सा जिल्लाको पर्सागढी, सखुवा प्रसौनी र पटेर्वा सुगौलीमा एमालेले अग्रता लिइरहेको छ ।
सिरहाको लाहान, नरहरा र विष्णुपुरमा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।
त्यसैगरी सप्तरीको सप्तकोशी नगरपालिकामा पनि एमालेले अग्रता लिइरहेको छ ।
रौतहटको गौर र गरुडा नगरपालिकाका साथै यमुनामाई नगरपालिकामा एमालेले अग्रता लिइरहेको छ ।
धनुषाको मिथिला नगरपालिकामा एमालेको सुरुवाती अग्रता छ ।
सर्लाहीको ईश्वरपुर र हरिवन नगरपालिकामा एमालेको अग्रता छ ।
माओवादीको अग्रता
माओवादी केन्द्रले पनि उल्लेख्य स्थानमा अग्रता लिइरहेको छ । हालसम्म १२ स्थानमा उसले अग्रता लिएको छ । धेरैवटा स्थानीय तहमा माओवादी दोस्रो स्थानमा छ ।
सिरहाको मिर्चैया, अर्नमा, गोलबजार र धनगढीमा समेत गरी ४ स्थानमा माओवादीको अग्रता देखिएको छ ।
त्यस्तै रौतहटको चन्द्रपुर, फतुवा विजयपुर र वौद्धीमाईमा माओवादीको अग्रता छ ।
महोत्तरीको गौशाला र धनुषाको धनुषाधाम नगरपालिकामा माओवादीले अग्रता लिएको छ । धनुषाको सबैला नगरपालिकामा पनि माओवादीको अग्रता छ ।
पर्साको ठोरीमा पनि माओवादीले सुरुवाती अग्रता लिएको छ ।
संघीय फोरमको अग्रता कहाँ ?
मधेसकेन्द्रित दलहरुमध्ये संघीय समाजवादी फोरमले राजपाको भन्दा राम्रो परिणाम ल्याइरहेको छ । उपेन्द्र याउदव नेतृत्वको फोरम अहिलेसम्म स्थानमा अगाडि छ ।
फोरमले पर्साको धोबनी, धनुषाको हंसपुर र रौतहटको गुजरा, लगायतका स्थानीय तहहरुमा अग्रता लिइरहेको छ ।
त्यसैगरी संघीय फोरमले रौतहटको देवाही गोनाही र माधवनारायण नगरपालिकामा पनि अग्रता लिएको छ ।
सर्लाहीको बरथहवा नगरपालिका र विष्णु गाउँपालिकामा फोरमको अग्रता छ ।
राजपाको अग्रता कहाँ कहाँ
राजपाले संघीय फोरमको भन्दा थोरै स्थानमा अग्रता लिएको छ । सर्लाहीको ब्रह्मापुरी गाउँपालिका, रौतहटको गुजरा, सप्तारीको तिलाठी र बाराको पचौरासमेत गरी ४ स्थानमा राजपाको अग्रता छ ।
विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले पर्साको जिराभवानी गाउँपालिकामा मात्रै अहिलेसम्म अग्रता लिएको छ । सप्तरीको विष्णुपुर गाउँपालिकामा स्वतन्त्र उम्मेदवार सुरेन्द्र यादवले अग्रता लिएका छन् ।