छोरो तैमुरसंग रमाउदै करिना

एजेन्सी—कुनै बेला अभिनय र ग्लार्मस क्षेत्रमा बलिउड तताएकी करिबना कपुर आमा बन्नुको मिठो अनुभवमा रमाउन थालेकी छन् । उनको दिनचर्या छोरा तैमुर अलि खानसंग वित्ने गर्छ । २०१६ डिसेम्बरमा पहिलो सन्तान तैमुरलाई जन्माएकी थिइन् । विभिन्न मिडिया अन्र्तवार्तामा उनलाई सोधिने गरिन्छ । तपाई छोराको स्याहार सुसारमा कत्तिको झर्को मान्नु हुन्छ ? पहिलो आमाको अनुभव बटुल्दै गरेकी करिनाले रोचक भावमा भन्ने गर्छिन, ‘मलाई झर्को लाग्दैन, किनकी ऊ मेरो छोरो हो ।’

७ महिनको छोरो तैमुरसंग खिचाएका आर्कषक तस्वीर उनले आफ्नो सामाजिक सञ्जालमा राखेर मदरवुड सेलिब्रेन गरेको अनुभव हुन्छ । यसले उनका फ्यानहरुमा करिनाप्रतिको धारणा परिवर्तन भएको छ । उनी अभिनयमा मात्र होइन्, सफल आमाको भुमिका पनि निर्वाह गर्न सक्षम सावित भएकी छिन् ।