ट्रम्पको उत्तरकोरियालाई चेतावनी

 

आश्विन, ४—

एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रको हितका लागि प्रस्ट र स्पष्ट बोल्ने नेता हुन् । उनले देशको सुरक्षामा जस्तो निकै सचेत भएको बताए ।
आफ्नो मुलुक र पक्षधरको सुरक्षा गर्न राष्ट्रपति ट्रम्पले जुनसुकै हद सम्म जान सक्ने देखिन्छन । उनले पहिलो पटक राष्ट्रसंघमा सम्बोधन गर्दै अमेरिकाको रक्षा गर्न उत्तर कोरियालाई समेत ध्वस्त पार्ने चुनौति दिएका छन् ।
अन्तराष्ट्रि समाचारका अनुसार उनले उत्तर कोेरियाका नेता किम जोङ उनलाई लक्षीत गर्दै आफुसंग भएको परमाणुको कारण आत्महत्याको उदेश्यमा लागेको बताए । त्यस्तै, ट्रम्पले इरानलाई समेत भ्रष्ट तानाशाहीको संकेत गरेका छन् । साथै इरानले आतंकवादलाई समर्थन गरेको भन्दै तत्काल रोक्न चेनावनी दिएका छन् । ट्रम्पले आलोचनाका क्रममा आफ्नै पुर्व राष्ट्रपति ओबामालाई पनि छोडेनन् । ओबामाले तेहेरानसंग परमाणु हतियार सम्बन्धी सम्झौता गरेकोमा टिप्पणी गरेका थिए ।