बाबा राम रहीमकी धर्म पुत्री नेपालमा

नया दिल्ली(एजेन्सी)—यतिबेला भारतका डेरा सच्चा सौदा प्रमुख बाबा राम रहीमको अन्तराष्ट्रिय र्चचा चलेको छ । उनलाई उनकै आश्रमकी साध्वीले आफुमाथि यौन शोषण गरेको आरोप लगाएकी छन् । यस विषयमा पंचकुलाको सीबीआई अदालतले शुक्रबार फैसला सुनाउने भएको छ । बाबाको दावी छ की उनका पाच करोड भन्दा बढि अनुयायी छन् । तर ति देश र विदेशका छन् । अर्को रोचक घटना उनले बनाएकी धर्म पुत्री हनीप्रीत पनि यस मुद्धामा मुछिएकी छन् ।
स्रोतका अनुसार यतिबेला हनीप्रीत नेपालमा देखिएकी छन् । नेपाल पुलिस र हरियाणा पुलिसको टिमले हनीप्रीत नेपालमा आएको आशंका गरेका हुन् । नेपाल पुलिसका अनुसार हनीप्रीत नेपालको पोखरा हुदै, पहाडी भेग र नेपाली परिवारसंग लुकेर बस्ने प्रयासमा रहेको बताएका छन् । भनिन्छ, कि नेपालको घरमा लुक्न उनले धेरै पैसा पनि र्खच गरेकी छन् । सम्भव भएसम्म उनले हुलिया बदलेर नेपाली युवतीहरु जस्तै बन्ने कोसीसमा छिन् ।