महिला हिंसा विरुद्ध फ्रान्समा नया कानुन बन्दै

एजेन्सी—३, असोज
सार्वजनिकस्थलमा कसैले जिस्काए महिलाले नेपालमा सहजै दिने परिपाटी छ । तर, फ्रान्समा भने यस अवस्थालाई कानुनी रुपमै गम्भीर लिएकोछ । महिला पुरुष समानता मामिला सहायक मन्त्री मार्लेन सिचिप्पाले मंगलबार संचार माध्यम मार्फत महिला माथि हुने सर्वाजनिक दुव्र्यवहार कानुन बमोजीम दण्डनिय हुने बताएकी छन् ।
उनले अब बन्न लागेको नया कानुनमा सार्वजनिक स्थल, यातायात र अन्य स्थानमा महिलालाई जिस्काउने प्रवृत्तिमाथि कडा कारबाही हुने जानकारी दिएकी छन् । उनले यस्तो कानुनले छिट्टै महिला माथिको सार्वजनिक हिंसा न्युनिकरण हुनेमा विश्वस्त छिन् ।
महिलालाई कुनै पुरुषले जिस्काएमा प्रहरी रिपोर्ट तुरुन्तै गनृ सक्ने मन्त्री मार्लेनले बताएकी हुन् । उनले गृह मन्त्रीसंग सहकार्य गरेर यस्तो कानुन बनाउने तयारीमा रहेको बताइन् ।