व्यवस्थापिका संसदको बैठक १९ गते हुने

भदौ १५, काठमाडौं –व्यवस्थापिका संसदको वैठक भदौ १९  गते हुने भएको छ । १८ गते आइतबार बस्ने भनिएको बैठक सोमबारसम्मको लागि स्थगित भएको छ । १८ गते आइतबार इस्लाम धर्मालम्बीहरुको चाड वकर इद पर्ने भएपछि सभामुख ओनसरी घर्ती मगरले १ बजेको लागि बोलाएको संसद बैठक सोमबार १९  गते  ११ बजे बस्ने निर्णय गरेकी हुन्।
। कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख दलका प्रमेख सचेतकसँगको छलफल पछि सभामुख घर्ती मगरले आंइतबारको बैठक एक दिन पछि सारेकी हुन्।