दाङमा चर्पीको ड्रममा डुबेर बालिकाको ज्यान गयो

 

भदौ १५, काठमाडौं –   चर्पीमा राखेको पानीको ड्रममा डुबेर दाङमा एक बालिकाको ज्यान गएको छ। तुलसीपुर उपमहानगरपालिका १८ बर्लेनी बस्ने ओमबहादुर सुनारकी साढे २ वर्षकी छोरी बिमला सुनारको ड्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विवेककुमार शाहले जानकारी दिए । बुधबार दिउँसो ४ बजे खेल्ने क्रममा बालिका चर्पीको ड्रममा परेको र बालिकाको शव पोस्टमार्टमका लागि अञ्चल अस्पताल तुलसीपुरमा राखिएको प्रहरीले जनाएको छ ।