माओवादीले माग्यो लिखित सुझाव घोषणापत्र तयारीका लागि

 

भदौ १५, काठमाडौं –नेकपा माओवादी केन्द्रले आगामी मंसिर १० र २१ गते हुनेप्रदेश र प्रतिनिधिसभा निर्वाचनको घोषणापत्रका लागि लिखित सुझाव मागेको छ। घोषणापत्र तयारीका लागि गठित मस्यौदा समितका संयोजक नारायणकाजी श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै घोषणापत्रका लागि सुझाव दिन आग्रह गरेका हुन्। श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ यस समिति मजदूर, किसान, श्रमजिवी, बुद्धिजीवि, नागरिक समाजका अगुवा, पेशाकर्मी, प्राध्यापक, चिकित्सक, इञ्जिनियर, पत्रकार, शिक्षक, विद्यार्थी, उद्योगी व्यवसायी, साहित्यकार, कलाकार, समाजसेवी लगायत सबै जनसमुदायलाई नेकपा (माओवादी केन्द्र) को संघीय निर्वाचन घोषणापत्रमा समावेश गर्न आवश्यक महत्वपूर्ण विषयहरुको बारेमा लिखित सुझावहरु उपलब्ध गराई सहयोग गरिदिन आग्रह गरिएको छ । सुझाव पठाउन चाहनलेले भदौ २५ गतेभित्र पार्टी मुख्यालय पेरिसडाँडामा सम्पर्क गर्न सक्ने जनाइएको छ। प्रदेशसभा निर्वाचनको घोषणापत्र तयारीको जिम्मा भने माओवादीले प्रदेश कमिटीलाई नै दिएको छ।