कञ्चनपुरमा ५० प्रतिशत मत खस्यो

१४ , असार  स्थानीय तहको चनिर्वाचन अन्तर्गत कञ्चनपुर जिल्लामा अहिले २ वजे सम्म करिव ५० प्रतिशत मत खसेको छ । कुल मतदाताको संख्या २ लाख ३५ हजार ७ सय ३५ मध्ये १ लाख २० हजार जतिले मतदान गरिसकेको प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद ढकालले वताए । मतदान गर्न विहान सात वजेवाट मतदाताहरु उत्साहीत भएर मतदान केन्द्रमा उपस्थित भएका थिए । अहिले सम्म पनि मतदाता आउने क्रमम घटेको छैन । मतदान गर्नेमा महिला र वृद्धवृद्धाको वढि सहभागिता रहेको छ ।

मौसमको प्रतिकुलताका वावजुद र मध्य असारको धान रोप्ने कामलाई समेत थाती राखेर मतदाता मतदान गर्न लाम लागेका छन् । यसले जनता चुनाव मार्फत आफ्ना प्रतिनिधि छान्न ब्यग्र रहेको पुष्टि गर्छ । निर्वाचन विरोधीहरुले मतदाता तर्साउन महेन्द्रनगरमा वम विस्फोट समेत गराएका थिए । यस्तै चांदनी वजार लगायतका विभिन्न स्थानमा वम राखे पनि मतदाताले त्यसको पर्वाह गरेनन् । प्रमुख जिल्ला अधिकारी ढकालले ८० प्रतिशत मत खस्ने अनुमान गरिएको वताए ।

कञ्चनपुरमा भीमदत्त नगरपालिका, महाकाली नगरपालिका, बेदकोट नगरपालिका, शुक्लाफाटा नगरपालिका, कृष्णपुर नगरपालिका, पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका र बेल्डाडी तथा लालझाडी गाउँपालिका गरी ९ वटा स्थानीय तह छन्