काठमाण्डौमा चालिस हजार घरेलु श्रमीक

असार १४, काठमाडौँ । काठमाण्डौमा चालिस हजार घरेलु श्रमिक रहेका छन् । डिस्को, बार, होटल, रेष्टुरेन्ट लगायत क्षेत्रमा चालिस हजार घरेलु श्रमिक रहेको स्वतन्त्रता अभियान नेपालले जानकारी दिएको हो । काठमाण्डौमा श्रमिकको संख्या बढ्नुको मुख्य कारण बेरोजगारी र अशिक्षा रहेको बताईएको छ । काठमाडौँमा घरेलु श्रमिकको सङ्ख्या माग सङ्ख्याको ७३ प्रतिशत हो । विश्वमा पाँच करोड २६ लाख व्यक्ति घरेलु श्रमिक रहेको स्वतन्त्रता अभियान नेपालका कार्यालय प्रमुख ऋतु भट्टराइ जानकारी दिनुभयो । नेपालमा मात्र दुई लाख घरेलु श्रमिक रहेको उहाँको भनाई छ ।