काठमाडौं महानगरमा एमालेको अग्रता, साझा र कांग्रेसको मतअन्तर सांघुरिँदै

जेठ २,काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयरमा नेकपा एमालेका विद्यासुन्दर शाक्यको अग्रता कायम छ भने अन्य उम्मेदवारहरुबीच मतअन्तर कम हुँदै गएको छ।
प्राप्त पछिल्लो मतगणनाअनुसार एमालेका शाक्य २४९ मत ल्याएर सबभन्दा अगाडि छन्। साझा पार्टीका किशोर थापाको दोस्रो स्थान पनि कायम छ। उनले १६९मत ल्याएका छन्। नेपाली कांग्रेसका राजुराज जोशी १५३ मतसहित तेस्रो स्थानमा छन्। यहाँ विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले ११४ मत ल्याएकी छन्।