मुस्ताङको दालोमे गाउँपालिकामा स्वतन्त्र विजयी

जेष्ठ १, मुस्ताङ –मुस्ताङमा स्थानीय तह निर्बाचनको मतगणना अनुसार दालोमे गाउँपालिकाको अध्यक्षमा स्वतन्त्रका उम्मेदवार राजु बिष्ट बिजयी भएका छन ।  बिबरण अनुसार, विष्टले ७ सय ५५ मत प्राप्त गरेका छन । उनका प्रतिस्प्रर्धी कांग्रेसका तेन्जिङ छिरिङ गुरुङले २ सय ३ मत प्राप्त गरेका छन ।
राजु बिष्ट कांग्रेस बागी उम्मेदवार हुन । अध्यक्षमा एमालेले उम्मदेवार उठाएको थिएन ।  उपाध्यक्षमा एमालेकी ढोका गुरुङ ६ सय १ मत ल्याइ बिजयी भएकी छिन । उनकी प्रतिद्धन्दी कांग्रेसकी कुचान छुटेन गुरुङले ३ सय २२ मत ल्याएकी सहायक निर्बाचन अधिकृत जनक रेग्मीले जानकारी दिए ।
यो गाउँपालिका अन्तर्गतका ५ वटा वडाका अध्यक्ष तथा सदस्यमा पहिल्यै निर्बिरोध निर्बाचित भएका छन ।