पोखरा महानगरमा २२ सय मतगणना हुदा एमालेको अग्रता कायमै

 

जेठ २, पोखरा – पोखरा लेखनाथ महागरपालिकाको पछिल्लो मतगणनाको परिणाम अनुसार नेकपा एमालेको अग्रता कायमै छ ।

२२८२ सय मत गनिसक्दा एमालेका उम्मेदवार मानबहादुर जिसीले १०२२ र कांग्रेसका उम्मेदवार रामजी कुवँरले ७ सय ६३ मत प्राप्त गरेका छन्। उपप्रमुखमा एमालेकै मञ्जुदेवी गुरुङले ९ सय ७६ र काँग्रेसकी उम्मेदवार सरस्वती गुरुङले ७ सय ६७ मत पाएकी छन्।