निःशुल्क मिर्गौला प्रत्यारोपणका लागि सरकारले छुट्यायो डेढ करोड

चैत ३०, काठमाडौँ । सरकारले वैशाख १ गतेबाट निःशुल्क मिर्गौला प्रत्यारोपण सेवाका लागि रु डेढ करोड छुट्याएको छ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले विश्व मिर्गौला दिवस (फागुन २६) मा सरकारले मिर्गौला रोगीलाई निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने घोषणा गर्नुभएको थियो ।
चालु आर्थिक वर्षका लागि मात्र यो रकम छुट्याइएको बताउदै स्वास्थ्य मन्त्री थापाले आर्थिक बर्षको अन्त्यसम्म हुने मिर्गौला प्रत्यारोपणमा अपुग भएको रकम पुनः छुट्याइने जानकारी दिन’भयो । सरकारले यसअघि नै मिर्गौला रोगीका लागि निःशुल्क डायलासिस सेवा पनि निःशुल्क गरिसकेको छ ।
निःशुल्क उपचार गर्दा सरकारले आर्थिक भार थेग्न सक्दैन भन्ने आएका टिप्पणीबारे मन्त्री थापाले सरकारले स्वास्थ्यमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार नै बजेट छुट्याउने र स्वास्थ्यकर कोषको रकम पनि स्वास्थ्यमा खर्च गरे समस्या नआउने बताउनुभयो ।