फर्किएनन् सुनिल कपिलको शो मा

 

चैत २३ । कमेडियन सुनिल ग्रोवर द कपिल शर्मा शोमा नफर्किने भएका छन् । कपिलसँगको शोमा फर्कनको लागि उनका सहकर्मी राजु श्रीवास्तवले गरेको अनुरोधलाई ग्रोवरले अस्वीकार गरेका हुन्।
सोनी टिभीसँग उनको  सम्झौताका कारण उनी सुटिङमा आउने समाचार भारतीय सञ्चार माध्यमहरुमा आएको थियो । त्यसको केही दिन पछि राजु श्रीवास्तले शोमा फर्किनका लागि आग्रह गरेका थिए। तर ग्रोवरले यसलाई अस्वीकार गरेको राजुलाई उदृत गर्दै इन्डियन एक्प्रेसले उल्लेख गरेको छ ।
राजुले सुनिल कपिल बीचको मित्रता पुनस्स्थापना गर्नका लागि ठुलै प्रयास गरेपनि उनी यसमा आँफु सफल हुन नसकेको बताएका छन् । कपिलको व्यवहारले आफुलाई चोट र्पुयाएकोले आफु कपिलसँगको सहयात्रामा फिर्ता नहुने जवाफ दिएको राजुले साञ्चारमाध्यमलाई बताएका छन्।
कपिलले मेलबर्नबाट मुम्बई आउने क्रममा गरेको व्यवहार स्मरण गर्दै सुनिलले यस व्यवहारले आफुलाई आघात परेको बताएका छन्। कपिलले सुनिलसँग आफ्नो व्यवहार प्रति माफी समेत मागेका थिए। तर कपिलको सफलताको कामना गर्दै सुनिलले माफि दिन अस्विकार गरेको ट्विट गरेका थिए।