मधेशीका माग पुरा गरेर मात्र स्थानीय निर्वाचनः मन्त्री शर्मा

 

चैत २३ । ऊर्जा मन्त्री जनार्दन शर्माले मधेसी समुदायका माग पूरा गरेर मात्र स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ । रुुकुममा भएको  कार्यक्रममा उहाँले सरकार र मधेसी मोर्चाबीच समस्या समधानको लागि छलफल भइरहेकाले यसलाई टुङ्गोमा पु¥याएर आगामी वैशाख ३१ मै स्थानीय तहको निर्वाचन हुने उहाँको दाबी गर्नुभयो ।
सिंहदरबारको अधिकार गाउँ÷गाउँसम्म पु¥याउन र विकास निर्माणको ढोका खोल्नका लागि पनि स्थानीय तहको निर्वाचन भएको मन्त्री शर्माको भनाइ थियो । उहाँले अब छिट्टै ‘नेपालको पानी जनताको लगानी’ अभियान मार्फत आठ हजार मेघाबाट विद्युत् उत्पादन कार्यको सुरुवात गरिने जानकारी दिनुभयो । सरकारले विद्युत् उत्पादनको लागि सबै प्रक्रिया पूरा गरिसकेकाले अब जतिसक्दो छिटो निर्माणकार्य सुरु हुने उहाँले बताउनुभयो ।