प्रसूति गृहमा गर्भपतन र नवजात शिशुको उपचार निःशुल्क

माघ,१९ काठमाडौँ( परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल ९प्रसूति गृह० मा सुरक्षित गर्भपतन र नवजात शिशुको उपचार सेवा निःशुल्क गरिएको छ। सोमबारदेखि यी दुवै सेवा निःशुल्क गरिएको अस्पतालका निमित्त निर्देशक डा। अमिरबाबु श्रेष्ठले बताए। अस्पतालमा यसअघि १२ हप्तासम्मको गर्भपतन सेवाका लागि ८ सय रुपैयाँ लिने गरिएको थियो। नवजात शिशुको उपचार सेवामा समेत शुल्क तिर्नुपर्थ्यो। यो समचार स्वास्थ्य खबरपत्रिकामा छापिएको छ ।
यसैगरी, अस्पतालले यो साताभित्रै क्यु सिस्टमको सुरुवात गर्ने जनाएको छ। डा। श्रेष्ठले भने, ‘उपचार सेवा लिन आउनेको भीड व्यवस्थापन गर्न चाँडै क्यु सिस्टम लागू गर्दैछौं।’ प्रसूतिले १० देखि ५ बजेसम्मै ओपिडी सेवा प्रदान गर्ने व्यवस्था पनि गरेको छ। सोमबारदेखि अस्पतालले आफ्नै फार्मेसी समेत सञ्चालनमा ल्याएको छ।