मिस नेवाका प्रतिस्पर्धिहरु : नेवारी फेशनमा

 

काठमाडौ – नेवारहरुको आफ्नै मौलिक चाडपर्व र पहिरन रहेको छ । उनीहरुको साास्कृतिक, सामाजिक र धार्मिक पक्ष झल्कने पहिरनहरुले नेवारी समुदायमा आफनै खालको आभास दिलाउने गर्दछ।

नेवार समुदाय अनि पहिचान लगायत भेषभुषा अनि सस्कारलाई जिवन्त राख्नका लागी नेप्लीज फेशन होमले मिस नेवास् कार्यक्रम आयोजना गर्दै आएको छ । यसैको आयोजनामा बुधबार राजधानिमा मिस नेवा अटायर सो वा पहिरन सो सम्पन्न भएको छ । १२ औं मिस नेवा: ११३७ का प्रतियोगीहरुले नेवारी जातीय पहिरन प्रस्तुत गरेका छन् । नेवार समुदायका विभिन्न चाड पर्वमा लगाइने पहिरनहरु उनीहरुले सो क्रममा प्रस्तुत गरेका थिए

अटाएर शोका निर्णायकमा प्राईम बैंकमा उपमहाप्रबन्धक भाईराजा तुलाधर, नमुना कलेज अफ फेशन एन्ड टेक्नोलोजीका उपप्रमुख जिवेश्वरलाल श्रेष्ठ, नेपाल बुटिक एसशोसियनसनका सास्थापक अध्यक्ष उज्ज्वलकृष्ण श्रेष्ठ, युएफओका सचिन श्रेष्ठ, उधोगी प्रदीपमान प्रधान, मेकअप आर्टिस्ट मञ्जु कार्की लगायत थिए ।

प्रतियोगीले प्रस्तुत गरेका पहिरन इन्द्र जात्रा, गाई जात्रा, दशैं, कुमारी जात्रा, महपुजासाग केन्द्रित थिए । यस्तै योमरी पुर्णी, फागु, बेल विवाह जस्ता विविध पक्ष झल्कने पहिरन पनि प्रतियोगीले मञ्चमा प्रस्तुत गरे । नेवार समुदायले परापूर्व कालदेखि पहिरादै आएको हाकु पटासी लगायतको पहिरनमा पनि प्रतियोगी मञ्चमा उत्रिए ।

मिस नेवामा नेवार समुदायका २८ युवती प्रतिस्पर्धीका रुपमा रहेका छन् । जसमा कृजना डंगोल, स्नेहा महर्जन, आकृति महर्जन, बिनिता डंगोल, मेरिना मानन्धर, गागा देउला, ओमिजिना महर्जन, स्नेहा पुजारी, शिला प्रजापती, सलिना श्रेष्ठ, प्रतिसरा नापित, श्रीजु महर्जन, सविना खड्गी, रोमानी महर्जन, सुमन श्रेष्ठ रहेका छन् । यस्तै रोज महर्जन, मुना केसी, पल्पसा श्रेष्ठ, सृष्टी खड्गी, प्रमिला श्रेष्ठ, रोश्ना श्रेष्ठ, ओजस्वी श्रेष्ठ, इसु श्रेष्ठ, समिता श्रेष्ठ, मोनिमा खड्गी, लेनिना बज्राचार्य, आग्याा कारञ्जित र जिनु त्वयाना पनि अन्तिम प्रतिस्पर्धी हुन् ।

आगामी २६ माघमा राजधानीको कमलादी स्थित प्रज्ञा भवनको प्रेक्षालयमा हुने अन्तिम प्रतिस्पर्धाबाट १२ औं मिस नेवा: को चयन हुने भएको छ ।