निराजन र दिपेश फेरी सँगै, नयाँ गीत “एक्लो छु आज म ” सार्वजनिक

माघ १९ , काठमाडौं –र्याप गायक निराजनको नयाँ गीत “एक्लो छु आज म ” सार्वजनिक भएको छ । गरिबिको चपेटामा परेका मान्छेहरुमा समर्पित रहेको उक्त गीतको भिडियोमा भने दिपेश घिमिरेको अभिनय रहेको छ । निराजन र दिपेश यो भन्दा अगाडि निराजनकै ” आमा ” नामक गीतमा सँगै देखिएका थिए ।

सङ्स नेपालले बजारमा ल्याएको उक्त गीतमा स्वर , संगीत तथा भिडिओ निर्देशन र सम्पादनको सम्पूर्ण काम निराजन आँफैले गरेका छन। भिडियो मा अभिनय गरेका दिपेशले एउटा गरीब युबकको भूमिका निभाएका छन । बिशेष गरी सर्ट फिल्महरुमा देख्न पाइने दिपेश आफुलाई मोडल भन्दा पनि कलाकार भनेको रूचाउछन् ।

गायक निराजन पेसाले कम्प्युटर इन्जिनियर हुन। कलाकार दिपेश पनि कम्प्युटर साइन्सकै विद्यार्थी हुन। नेपालमा र्याप गीतको चर्चा भैरहेको बेला यो गीत उदाहरणयोग्य साबित हुन सक्छ । मिलेनिएम स्टुडियोजको प्रस्तुती रहेको गीतको रेकोर्डिङ भने अरेन्ज स्टुडियोमा गरिएको हो । यस् अघी पनि निराजनका थुप्रै गीतहरु बजारमा अाइसकेका छन।

………………………भिडियो हेर्नुहोस् |