राज घिमिरेको “यतिन्जेल त फकाएँ तिमिलाई” गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ – डि.पी.खनालको शब्द,रमेश संग्रौलाको संगीत र राज घिमिरेको स्वरमा रहेको म्युजिक भिडियो “यतिन्जेल त फकाएँ तिमिलाई” सार्वजनिक भएको छ। अमृत फुंयाल, स्मृति थापा ,अजय अधिकारी र सुनी महर्जनको अभिनय रहेको भिडियोमा अटुट माया गरे पनि प्रेमी प्रेमिका बीच साना तिना मनमुटावलाइ खुल्ला मनले स्वीकारेको तर जति फकाए पनि फकाउन नसके पछि प्रेमी रिसाएको घटनालाइ देखाउने प्रयास गरिएको छ ।

14375373_1100132720083476_1301760244_o

भिडियोमा एक फरक प्रसंगमा प्रेमी प्रेमिका एकान्त कोठामा रहेर एक अर्काबीच मायामा डुबिरहेको भए पनि अन्तत: प्रेमीले प्रेमिकालाई बिबाह पछि मात्र गर्न मिल्ने व्यवहार अगाडीनै गर्न नहुने भन्दै प्रेमिकालाई छोडेर गएको र त्यसलाई प्रेमिकाले भित्र भित्रै सकारात्मक रुपमा लिएको भए पनि देखावटी असमझदारी प्रकट गरिहेको देख्न सकिन्छ ।
संगीतकार संग्रौलाकै निर्देशन तथा छायाँकन रहेको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हुन् l चर्चित एरेन्जर उदयराज पौडेलको एरेन्ज र प्रकाश मिश्रको ध्वनि मुद्रण रहेको गजल भिडियो लाइ नेपाली म्युजिक भिडियो प्रोडक्सन प्रालि ले बजार ब्यबस्थापन गरेको हो l यस गजलका गायक रेडियो नेपालद्वारा आयोजित देशब्यापी आधुनिक संगीत प्रतियोगितामा तृतीय हुन सफल प्रतिभाशाली कलाकार हुन् भने संगीत कार स्वयम् पनि गायन , संगीत , र भिडियो निर्देशनमा उदयमान कलाकार हुन् l उता यस गजलका गजलकार नेपाली सांगीतिक आकसम चम्किरहेका युवा गीतकार तथा गायक पनि हुन् ।
अमृत फुंयाल र स्मृति थापाको अभिनयको यो अर्को निरन्तरता हो भने अजय अधिकारी र सुनी महर्जन ले अभिनयमा डेब्यु गरेका हुन् । सम्पादन शाही र एरेन्जर पौडेल तथा ध्वनि मुद्राक मिश्र नेपाली सांगीतिक क्षेत्रमा राम्रो छाप छोडिसकेका ब्यस्त कलाकारहरु हुन् । यस किशिमको म्युजिक भिडियो करिव ४० हजारको लागतमा निर्माण गर्न सकिने प्रालिका संचालक दिपक कुमार शर्माको भनाइ छ ।

भिडियो हेर्नुस्