साझा यातायातले आज ३० वटा नयाँ बस नेपाल ल्याउदै

असोज ३, काठमाडौँ – साझा यातायातले आज ३० वटा नया बस नेपाल ल्याउदै छ । काठमाडौं महानगरपालिकाको १० करोड रुपैयँको लगानीमा ३० वटा बस ल्याउन लागीएको हो ।

आज साझ सम्म सो बस आईपुग्ने साझा यातायातका कायममुकायम निर्देशक महेन्द्रराज पाण्डेले जानकारी दिए ।  साझा यातायातले अहिले काठमाडौंमा तीनवटा रुटमा १६ वटा बस सञ्चालन गरिरहेको छ । नयँ ल्याइएका पुरानै र नया रुटमा संचालन गर्ने साझा यातायातको तयारी छ ।