मोर्चाका पाँचबुँदे माग के के हुन् ?

काठमाडौँ, ९ असार- मोर्चाका तर्फबाट सरकारसमक्ष राखिएका मागहरुमा नेपालको संविधानमा संविधानसभाको निर्वाचन बहिष्कार गरी बाहिर रहेको ३३ दलीय राष्ट्रिय मोर्चा नेपालको स्वामित्व र अपनत्व के र कसरी हुने ? यसका बारेमा सरकारले स्पष्ट गर्नुपर्ने, निर्वाचनको प्रयोजनका लागि मोर्चा आबद्ध दलहरुले गठन गर्ने चुनावी मोर्चालाई कानुनी मान्यता दिई आगामी निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गर्न दिइनुपर्ने, संविधानले तोेकेको समयसीमा अवधिभित्र निर्वाचन हुनुपर्ने र यसका लागि सर्वपक्षीय राष्ट्रिय सरकार गठन गरिनुपर्ने रहेका छन् ।

गरिब किसान, मजदुर, बेरोजगारी, भूमिहीनलगायतका समस्या समाधान गर्न अधिकार सम्पन्न आयोग गठन गर्न, मूल्य नियन्त्रण रोक्न, राष्ट्रिय अखण्डता र मौलिक पहिचानको संरक्षणका लागि मूल नीति तयार गरिनुपर्ने पनि मोर्चाको माग रहेको छ ।