अवैध क्लिनिक सञ्चालन गर्ने भारतीय पक्राउ

असार ९ , काँकडभिट्टा – अवैध रुपमा भद्रपुरमा दन्त क्लिनिक सञ्चालन गर्दै आएका भारतीय नागरिक मनोहर समदार आज पक्राउ परेका छन् ।
उनलाई औषधि व्यवस्था विभाग विराटनगर, जिल्ला प्रशासन कार्यालय झापा, घरेलु तथा साना उघोग कार्यालयकोे संयुक्त अनुगमन टोलीले क्लिनिकबाटै पक्राउ गरेको हो ।

टोलीले नेपालमा प्रतिबन्धित ३० प्रकारका औषधिसमेत उनको क्लिनिकबाट नियन्त्रणमा लिएको जनाएको छ । भारत खोरीबारी घर भएका समदार विगत १० वर्षदेखि झापाको भद्रपुरमा क्लिनिक खोलेर दाँत र कानको उपचार गर्दै आएका थिए । उनलाई ठगीसम्बन्धी मुद्दा दायर गर्ने टोलीले जनाएको छ ।

टोलीले तीन दिनदेखि झापाका विभिन्न क्षेत्रका औपधि पसल, अस्पताल, क्लिनिक, तथा ल्याबको अनुगमन गरिरहेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।