पहिरोसँगै खसेको ढुङ्गाले लागेर ज्यान गयो

असार ९ ,गोठलापानी – बैतडीको रुद्रेश्वरमा पहिरोसँगै माथिबाट खसेको ढुङ्गा लागेर बुधबार साँझ एकजनाको ज्यान गएको छ । ज्यान जानेमा बैतडी रुद्रेश्वर–७ पन्सेराका ५० वर्षीय जने ओड रहेको जिल्ला प्रहरी कार्यालय बैतडीकाले जनाएको छ।
चमेलिया नदीमा तटबन्धको काम गरिरहेका बेला एक्कासि माथिबाट पहिरोसँगै खसेको ढुङ्गाले लागेर ओडको घटनास्थलमै मृत्यु भएको हो । मृतकको शव गोकुलेश्वर स्वास्थ्यचौकीमा राखिएको छ । शवको परीक्षण आज गरिने प्रहरीले बताएको छ।