भूकम्पपीडितलाई जापानको सपना देखाएर जापानीले नै ठगे

सार ४ ,काठमाडौं –
भूकम्पपीडितलाई जापान पठाइदिने सपना देखाएर गठी गर्ने एक जापानीसहित दुईजना पक्राउ परेका छन्।

महानगरीय अपराध महाशाखाले जापानी नागरिक जापान क्योटोका ५५ वर्षीय हिरोसी मोरिकवा र काठमाडौैं लाजिम्पाट बस्ने ५० वर्षीय बज्र गुरुङलाई पक्राउ गरेको हो।

जापानी नागरिक मोरिकवा नेपालमा भूकम्पप्रतिरोधी घर बनाउन सक्रिय थिए।

तर, सहयोगको आवरणमा उनी गठीधन्दामा सक्रिय रहेको प्रहरीले जनाएको छ। पासोना नामको कम्पनीको नाममा उनीहरुले जापान पठाइदिने भन्दै पैसा लिएका थिए।

प्रतिव्यक्ति ८ लाख रुपैयाँ लाग्ने भन्दै उनीहरुले भूकम्पपीडितहरुसँग पैसा असुलेको अपराध महाशाखाले जनाएको छ।

प्रतिमहिना तीनदेखि चार लाख रुपैयाँ कमाइ हसने भन्दै गोरखा घर भएका जनकराज ढकालसमेत १२ जनाबाट उनीहरुले ११ लाख ३० हजार रुपैयाँ लिएको खुल्न आएको छ। एड्भान्स भन्दै उनीहरुले सो पैसा लिएका थिए।