धुर्मुस सुन्तलीको जोडी सिटी एक्सप्रेसको ब्रान्ड एम्बेसेडरमा नियुक्त

काठमाडौं , ३ असार – कलाकार सिताराम कट्टेल (धुर्मुस) तथा कुञ्जना घिमिरे (सुन्तली) को जोडीले ब्यस्तताका बाबजुद पनि विभिन्न काममा हात हालीरहेका छन् । यसैबिच सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालि र धुर्मुस(सुन्तली फाउन्डेशनका सदस्यद्वय सिताराम कट्टेल तथा कुञ्जना घिमिरेका बीच ब्रान्ड एम्बेसेडर हुने आपसी सम्झौता भएको छ ।

आफ्नो कलाकारिता सँग(संगै सामाजिक सेवामा समेत सर्मपित यो जोडीले पछिल्लो समय व्यवसायिक गतिविधीमा समेत सक्रियता बढाईरहेका बेला सिटी एक्सप्रेसको ब्रान्ड एम्बेसेडरका रुपमा पनि काम गर्ने निर्णय लिइएको उनीहरुले बताए । सिटी एक्सप्रेसले पछिल्लोपटक भुकम्पपीडितका लागि सिन्धुपाल्चोकको गिरानचौरमा नमूना वस्ती निर्माणका १५ लाख ५५ हजार रुपैयाँ धुर्मुस(सुन्तली फाउन्डेसनलाई सहयोग गरेको थियो ।